सर्लाही-४ मा गगन थापाको एकल नाम सिफारिश

जनकपुरधाम । सर्लाही क्षेत्र न-४ को प्रतिनिधि सभामा गगन थापाको एकल नाम सिफारिश गरिएको छ।

आईतबार बसेको नेपाली कांग्रेस क्षेत्रीय कमिटीको बैठकले सर्लाही -४ को प्रतिनिधि सभा सदस्यमा पार्टीका युवा नेता गगन थापाको नाम सर्वसम्मत सिफारिश गरेको हो। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा यसअघिको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।

यता,सर्लाही -४(क) प्रदेश सभा सदस्य पदमा मधेश प्रदेशका महिला बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र (ख) प्रदेश सभा सदस्य पदमा अशोक सिंहको नाम सर्ब सम्मतले सिफारिस भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved