कोशी सहितका पहाडी भेगमा आंशिक बदली, केही ठाँउमा हावाहुरीको सम्भावना

नेपालभ्युज

कोशी सहितका पहाडी भेगमा आंशिक बदली, केही ठाँउमा हावाहुरीको सम्भावना

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसोपख भने पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानका साथै साथै बाँकी प्रदेशका थोरै स्थानमा हावा–हुरीको सम्भावना पनि छ ।

विगत केही दिन देखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक बढिरहेको छ । जसका कारण गर्मी अझै बढ्ने अनुमान गरिएको छ । काठमाडौंमा अझै कम्तीमा दुई दिन वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

शुक्रबारबाट नयाँ प्रणाली विकास भएर पहाडी भू–भागमा बदली सुरु हुने महाशाखाको अनुमान छ ।

आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अझै केही दिन अत्याधिक गर्मीको सम्भावना भएकाले आवश्यक तयारी र सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आगामी ४ दिन सम्म तातो हावाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved