काठमाडौ। थापागाउँ स्थित मण्डला थिएटरको मण्डला स्टुडियोमा जेठ ८ गतेदेखि नाटक ‘आधा अदालत’ को मञ्चन सुरु भएको छ।
मण्डला ड्रामा स्कुलको दोस्रो ब्याचका बिद्यार्थीले अभिनय गरेको नाटकलाई रंगकर्मी तथा निर्देशक सोम नाथ खनालले तयार पारेका हुन्।
कानुन यस्तो होस् जहाँ निर्दोषले सजाय नपाओस् र दोषी नउम्कियोस्। आग्रह पुर्वाग्रहलाई टाढा राखेर कुनै पनि निष्कर्षमा पुग्नलाई एकदमै गार्हो हुन्छ। नाटकले यहि बिषयलाई उजागर गर्न खोजेको छ।
यो नाटक, भारतीय लेखक बशु चटर्जीको ‘रुका हुवा एक फैसला’ को नेपाली अनुवाद गरि तयार पारिएको हो। जसलाई सुरेश सापकोटाले नेपालीमा अनुवाद गरेका छन्।
‘आधा अदालत’ मा उमेश तामाङको प्रकाश संयोजन र अग्नि विश्वकर्माको ध्वनि संयोजन रहेको छ।
जेठ १२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु आरती गौतम, विशाल कुमार के.सी, एक्शा मादेन, गणेश प्रसाद पौडेल, लक्ष्मी पौडेल, मिलनबहादुर खड्का, मुना साह सोनार, पिंकी बोहरा, शस्मिल पुन मगर, सुमित्रा बोगटी, तीर्थराज विश्वकर्मा र तुलसी दर्जीको अभिनय रहेको छ।
नाटक हरेक दिन बेलुकी ४ बजे मञ्चन हुनेछ।
तस्वीरहरु:-
Facebook Comment
Comment