लेलेतर्फको जङ्गलको डढेलो फैलिँदै आनन्द वनसम्म, कुष्ठरोग अस्पताल जोखिममा, बिरामीलाई अन्यत्र सारियो

अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनाललगायत सुरक्षा अधिकारी समेत घटनास्थलमा छन् ।

नेपालभ्युज

लेलेतर्फको जङ्गलको डढेलो फैलिँदै आनन्द वनसम्म, कुष्ठरोग अस्पताल जोखिममा, बिरामीलाई अन्यत्र सारियो

काठमाडौं । ललितपुरको गोदावरी ६ स्थित आनन्द वनमा भएको भीषण आगलागी बस्तीसम्म फैलन लागेको छ ।

आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । लेलेतर्फको जङ्गलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो ।

डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको आनन्द वन कुष्ठरोग अस्पतालमा पनि जोखिममा छ ।

त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनाललगायत सुरक्षा अधिकारी समेत घटनास्थलमा छन् ।

डढेलो निभाउँदा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved