धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

नेपालभ्युज

धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । धुम्बाराहीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका ४, धुम्बराही चोकमा सोमबार राति बा प्र ०२–०३१ प ५०२२ नम्बरको मोटरसाइकल र बा ७५ प १६५२ नम्बरको स्कुटर ठोक्किएका थिए ।

घटनामा स्कुटर चालक बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने २८ वर्षीय अन्नत कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved