नेपालले आज वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दै

नेपालभ्युज

नेपालले आज वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दै

काठमाडौं । नेपाल आज वेस्ट इन्डिज ‘ए’ सँग तेस्रो खेल खेल्दै छ । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ए सँग नेपालले तेस्रो खेल खेल्न लागेको हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा निकालेका छन् । दुवैबीचको श्रृंखला १–१ को बराबरीमा छ ।

नेपालले पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा १० रनको जित निकाल्दै वेस्ट इन्डिजले श्रृंखला १–१ को बराबरीमा ल्याएको थियो ।

ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित श्रृंखलाको चौथो खेल भोलि बिहीबार र पाँचौ खेल शनिबार हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved