विश्वसुन्दरी तर बलिउडकी महाफ्लप हिरोइन

नेपालभ्युज

विश्वसुन्दरी तर बलिउडकी महाफ्लप हिरोइन

एजेन्सी । बलिउडमा केही त्यस्ता अभिनेत्री पनि छन् जो आफ्नो पहिलो फिल्मदेखि अहिलेसम्म पनि असफल सावित भएका छन् ।

कुनै एउटा कार्यक्षेत्रमा अब्बल भएर आए पनि उनीहरु अभिनयको क्षेत्रमा भने फ्लप भए ।

त्यस्तै अभिनेत्रीमा पर्दछिन् सन् २०१७ की विश्वसुन्दरी मानुषी छिल्लर । उनले सन् २०१७ मा मिस वर्ल्डको उपाधी जितेकी थिइन । त्यसपछि उनी फिल्म क्षेत्रमा प्रवेश गरिन् । उनले सन् २०२२ मा सम्राट पृथ्वीराज फिल्मबाट डेब्यू गरेकी थिइन् ।

रिलीज भएपछि यो फिल्म बक्स अफिसमा महाफ्लप सावित भयो । त्यसपछि मानुषी छिल्लर ‘द ग्रेट इन्डियन फेमिली’ मा देखिइन् । ४० करोडमा बनेको उक्त फिल्मले पाँच करोड पनि कमाई गर्न सकेको थिएन ।

त्यस्तै मानुषी दक्षिण भारतीय फिल्म ‘अपरेशन भ्यालेन्टाइन’ मा पनि देखिइसकेकी छन् । यो फिल्म पनि बक्स अफिसमा फ्लप भएको थियो । त्यस्तै उनको हालै आएको फिल्म ‘बडे मिया छोटे मिया’ पनि फ्लप भएको छ ।

यसरी उनले अहिलेसम्म एउटा पनि हिट फिल्म दिन सकेकी छैनन् । जसले गर्दा उनको फिल्मी करिअरमा राम्रो भविष्य नभएको आकलन गर्न थालिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved