बार्यन म्युनिख र रियल म्याड्रिड बराबरीमा रोकिए,आगामी भिडन्तले फाइनलको यात्रा तय गर्ने

नेपालभ्युज

बार्यन म्युनिख र रियल म्याड्रिड बराबरीमा रोकिए,आगामी भिडन्तले फाइनलको यात्रा तय गर्ने

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फूटबलको सेमिफाइनलअन्तर्गतको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल म्याड्रिडले बराबरी खेलेका छन् । गएराति एलियाज एरिनामा भएको खेलमा बायर्न र रियलले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलको २४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै सर्वाधिक १४ पटकको विजेता रियललाई अग्रता दिलाएका थिए । तर ५३ औं मिनेट लिरोय सानेले गोल गर्दै घरेलु टोली बायर्नलाई खेलमा फर्काए ।

यस्तै लगत्तै खेलको ५७ औं मिनेटमा बायर्नले पेनाल्टी पायो । ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

तर खेलको ८३ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै भिनिसियलले फेरि गोल गरेर खेल २–२ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो ।

अब बायर्न र रियल बीचको दोस्रो लेग मे ९ तारिखमा हुनेछ । रियलको मैदानमा हुने यो खेल निर्णायक हुनेछ । जसले जित्यो उही फाइनलमा पुग्नेछ ।

च्याम्पियन्स लिग अन्तर्गत आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमुन्डबीच खेल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved