शनिबारदेखि अवरुद्ध कर्णाली करिडोर खुल्यो

नेपालभ्युज

शनिबारदेखि अवरुद्ध कर्णाली करिडोर खुल्यो
फाइ्ल तश्वीर

सुर्खेत। शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरकोक कालिकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो ।

पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर सोमबारदेखि खुलेको छ ।

कर्णाली करिडोरको कालिकोट खण्डमा पर्ने लालीघाट भीरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए ।

पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रूपमा सुचारु भएको छ ।’ उनले भने, ‘वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved