फर्कन थाले गोसाइँकुण्डका भक्तजन

फर्कन थाले गोसाइँकुण्डका भक्तजन

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करिब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी आ–आफ्ना गन्तव्यतर्फ फर्किन थालेका हुन् ।

यस वर्षको गोसाइँकुण्ड मेलाअन्तर्गत जनैपूर्णिमाको दिन पानी नपरेका कारण भक्तजनलाई स्नान तथा पूजा आराधना गर्न सहज भएको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार गोसाइँकुण्ड गएका केही सामान्य बिरामीबाहेक सबै यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ फर्किएका छन् । उनले फाटफुटबाहेक सबै यात्रु कुण्डबाट फर्किसकेका छन् ।

सडक मार्गको असहजताका कारण टाढाटाढाबाट आउन ढिलो भएका केही भक्तजन कुण्ड स्नानका लागि तीर्थको नजिक पुगिसकेका छन् । गोसाइँकुण्डबाट फर्किएका भक्तजनमध्ये अपराह्नसम्म करिब ४० प्रतिशत धुञ्चे पुगिसकेका र २० प्रतिशत भने रसुवाबाट बाहिरिसकेको बताइएको छ । हिमाली क्षेत्रमा सञ्चार नेटवर्क नभएका कारण अन्य विषयको जानकारी भने आउन बाँकी रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved