तान्जानियामा बाढी : १ सय ५५ जनाको मृत्यु, साढे २ लाखभन्दा बढी विस्थापित

नेपालभ्युज

तान्जानियामा बाढी : १ सय ५५ जनाको मृत्यु, साढे २ लाखभन्दा बढी विस्थापित

काठमाडौं । तान्जानियामा भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १ सय ५५ जनाको मृत्यु भएको छ ।

एल निनो वर्षाका कारण साढे दुई सय भन्दा बढी घाइते भएका छन् । वर्षाका कारण साढे २ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

तान्जानियाका विभिन्न स्थानमा तीव्र हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुगेको छ । वर्षा र बाढीका कारण जनधनको क्षतिसँगै खेतीपाती र सर्वसाधारणको घर बगाएको छ । बाढीले सडक, पुल र रेलवेजस्ता पूर्वाधारमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ ।

त्यहाँको मौसम विभागले आगामी महिनासम्म एल निनो वर्षा जारी रहने प्रक्षेपण गरेको छ । एल निनो वर्षाको असर छिमेकी मुलुकमा पनि परेको छ ।

भारी वर्षाका कारण छिमेकी मुलुक केन्या र बुरुन्डीमा पनि बाढी गएको छ । बाढीका कारण त्यहा पनि मानवीय संकट देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved