भारतको लोकसभा निर्वाचनमा आज दोस्रो चरणको चुनाव हुँदै, जुन एक तारिखमा सबै चुनाव सकिने

नेपालभ्युज

भारतको लोकसभा निर्वाचनमा आज दोस्रो चरणको चुनाव हुँदै, जुन एक तारिखमा सबै चुनाव सकिने

काठमाडौं । भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ । संघीय संसदको तल्लो सदनका लागि आज १२ राज्य र केन्द्रशासित एक प्रदेश गरी कुल ८९ सिटका लागि चुनाव हुन लागेको हो ।

आजको चुनावमा एक हजार दुई सय १० उम्मेदवार चुनावी मैदानमा छन् । आजको चुनावमा कंग्रेस नेता राहुल गान्धी उम्मेद्वार बनेको केरलाको वायनाड निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

केरलका सबै २० सिटका लागि आज मतदान हुनेछ । आज हुने मतदानले राहुल गान्धीसँगै कंग्रेस नेता शशि थरुर, लोकसभाका सभामुख ओम बिडला, चर्चित टीभी सिरियल रामायणका ‘राम’, अरुण गोबिलका साथै अभिनेत्री हेमा मालिनी लगायतको भाग्य निर्धारण गर्नेछ ।

अरुण गोबिल र हेमामालिनी भाजपाबाट उम्मेद्वार बनेका हुन् ।

पहिलो चरणअन्तर्गत अघिल्लो शुक्रबार २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भइसकेको छ ।

सात चरणमा हुने निर्वाचन जुन एकमा सकिनेछ । जुन ४ देखि एकैसाथ सबै क्षेत्रको मतगणना गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved