लिङदेनको आरोप- प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण फेर्दै हिँड्छन्

नेपालभ्युज

लिङदेनको आरोप- प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण फेर्दै हिँड्छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरूको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।

पार्टी निकट महिला सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले प्रचण्डको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर गरे ।

सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरूले गरिरहेको उनको भनाइ थियो ।

अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरूबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमानदार भएर पहल गरिरहेको दाबी गरे ।

उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘चुनावमा पनि कुन पार्टी, कुन पार्टी मिलेर चुनाव लड्नुपर्छ ? भन्ने कुरा समेत विदेशीहरूले तय गर्न थाले । अहिले त्यही कुरा भइराखेको छ । विदेशीहरूको दबाब, प्रभावमा भइरहेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ । अहिले देशको स्थिति के छ ? तपाई भोलि बिहान उठ्दा खेरी प्रधानमन्त्री आफैँले समीकरण परिवर्तन गरिसकेको हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved