बालुवाटारमा प्रमुख दलहरूको बैठक जारी

नेपालभ्युज

बालुवाटारमा प्रमुख दलहरूको बैठक जारी
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रमुख दलहरूको बैठक जारी छ ।

संसद्‌को गतिरोध, गतिरोध समानार्थ गठित कार्यदलको अड्कोलगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सचिवालय सदस्य मनहरि तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक छन् ।

यस्तै सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसमेत बैठकमा सामेल छन् ।

उच्चस्तरीय संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) निर्माण कार्यदलमा सहमति जुटेको छैन । जारी बैठकमा विशेष रूपमा यसैमाथि छलफल हुने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved