लुम्बिनी, गण्डकी, बाग्मती र कर्णालीका केही ठाउँमा वर्षा

नेपालभ्युज

लुम्बिनी, गण्डकी, बाग्मती र कर्णालीका केही ठाउँमा वर्षा
काठमाडौंमा परेको वर्षा

काठमाडौं । आज सामान्यत धेरै स्थानमा पानी पर्ने छ । अहिले पनि लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको असरले अहिले केही ठाउँमा बदली र वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभए ।

आज दिउँसो लुम्बिनी र गण्डकीका धेरैजसो ठाउँका साथै देशभरको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा बाँकी भूभागको केही ठाउँमा हावाहुरी र चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved