संघीयता विकृतिको पर्याय बन्यो : राजेन्द्र लिङ्देन

नेपालभ्युज

संघीयता विकृतिको पर्याय बन्यो : राजेन्द्र लिङ्देन
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरूलाई तलब भत्ता ख्वाएर पाल्न नसक्ने लिङ्देनले बताए ।

उनले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरूका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको बताए ।

यस्तै, मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभइ आर्थिक हिसाबले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको उनले उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved