राप्रपाको सहायक कोषाध्यक्षमा शोभित उप्रेती

नेपालभ्युज

राप्रपाको सहायक कोषाध्यक्षमा शोभित उप्रेती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक कोषाध्यक्षमा शोभित उप्रेती मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई सहायक कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

राप्रपाको केन्द्रीय समिति बैठकले मुलुकको राजनीतिक अवस्था र आगामी रणनीतिबारे पार्टीको दृष्टिकोण तय गरे लगत्तै लिङदेनले पदाधिकारी थपेका हुन् ।

उप्रेती यसअघि राप्रपाको केन्द्रीय सदस्य थिए । समाजसेवामा विशेष रुचि भएका उप्रेती वैदेशिक मामिलामा दक्खल राख्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved