विराटनगर महानगरमा कांग्रेसको अग्रता

नेपालभ्युज

विराटनगर महानगरमा कांग्रेसको अग्रता

विराटनगर। मेयर र उपमेयर पदको प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ।

दिउँसो १ बजे प्राप्त परिणाम अनुसार विराटनगरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट नागेश कोइरालाले २६९ मत प्राप्त गरेका छन्। नेकपा एमालेको तर्फबाट सागर थापाले १८१ र स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत प्राप्त गरेका छन्।

उपमेयरमा भने नेकपा एमालेको अग्रता देखिएको छ। सातसय मत गणना गर्दा विराटनगरको उपमेयरमा नेकपा एमालेबाट शिल्पा निराला कार्कीले २२६ र जसपा नेपालका तर्फबाट अमरेन्द्र यादवले १५२ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved