डेढ अर्ब बढी घोटाला भएको भन्दै एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

नेपालभ्युज

डेढ अर्ब बढी घोटाला भएको भन्दै एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

बुटवल। नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ।

एमाले संसदीय दलले बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा लुम्बिनी प्रदेश सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्‍याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो।

अस्पतालको भवन निर्माणका लागि दुईटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पुर्‍याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजीनामा माग गरेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए।

उनले सरकारले चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्दा नै आर्थिक मिलेमतो रहेको आशंका गरिएकोमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजीनामापछि उक्त मिलेमतोलाई पुष्टि गरिदिएको दाबी गरे।

कार्यकारी अधिकृत घिमिरेले सोमबारमात्रै अस्पतालको भवन निर्माणको लागि गरिएको टेण्डर प्रक्रियामा मिलेमतो भएको भन्दै ठेक्का प्रक्रिया नै खारेज गरी राजीनामा दिएका थिए। सरकारकै प्रमुख व्यक्ति अध्यक्ष रहेको प्राधिकरणबाट यति ठूलो मिलेमतो हुँदा मुख्यमन्त्री पदमा बसिरहन नैतिक रूपले नमिल्ने भन्दै तत्काल पदबाट राजीनामा दिन एमाले माग गरेको हो।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved