इलाम–२ मा सुहाङले फेरि बढाए अग्रता, खड्काभन्दा १००१ मतले अगाडि

नेपालभ्युज

इलाम–२ मा सुहाङले फेरि बढाए अग्रता, खड्काभन्दा १००१ मतले अगाडि

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १००० पुर्‍याएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन् ।

फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा नेम्वाङले अग्रता बढाइरहेका छन् ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् । उनले ७८४ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी भने धेरै कम ५ सय ६१ मतका साथ चौथो स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved