नेपाली क्रिकेटमा खराब ब्याटिङको शृंखला जारी

हुन त नेपाली क्रिकेटको स्थायी समस्या नै हो, ब्याटिङ। तर गत वर्ष प्रशिक्षक भएर आएका डेभ ह्वाटमोर छोटो समय नेपाल बसेपछि उनले नेपाली क्रिकेटको ब्याटिङ पक्षलाई निकै सुधारेका थिए।

नेपाली क्रिकेटमा खराब ब्याटिङको शृंखला जारी

काठमाडौं। आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा खराब ब्याटिङ प्रदर्शनका कारण नेपालले त्रिकोणात्मक एकदिवसीय सिरिजमा आयोजक यूएईसँग ९९ रनको लज्जास्पद हार भोगेको छ।

यो खेलमा नेपाल मात्र १०३ रनमा अलआउट भयो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो हालसम्मकै सबैभन्दा कम योगफल हो। यसअघि सन् २०१९ मा यूएईसँग नै नेपाल ११३ रनमा अलआउट भएको थियो।

५० ओभरको खेलमा २०३ रनको सामान्य विजय लक्ष्य पछ्याउँदा ३६ औ ओभरमा मात्र १०३ रनमा अलआउट हुनुको कारण असंवेदनशील र गैरजिम्मेवारीपूर्ण ब्याटिङ हो।

यस्तो भएको यो पहिलो पटक होइन। नेपाली क्रिकेट टिममा यो स्तरको खराब ब्याटिङ प्रदर्शनको शृंखला शुरु भएको पछिल्ला केही सिरिजदेखि नै हो। हुन त नेपाली क्रिकेटको स्थायी समस्या नै हो, ब्याटिङ। तर गत वर्ष प्रशिक्षक भएर आएका डेभ ह्वाटमोर छोटो समय नेपाल बसेपछि उनले नेपाली क्रिकेटको ब्याटिङ पक्षलाई निकै सुधारेका थिए।

उनकै अण्डरमा नेपालले गत बैशाखमा नेपालमा नै भएको टी-ट्वान्टी ट्राई नेसन्स सिरिजमा नेपलले शुरुआती ब्याटिङ गरेको तिन खेलमा नै २०० प्लसको स्कोर बनाएको थियो। यसपछि गत भदौमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको ओमानमा भएको एकदिवसीय सिरिजमा पनि नेपालले सुधारिएको ब्याटिङ प्रस्तुत गरेको थियो। तर यही सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडे भने उनीसँगै नेपाली टिमको समालिन थालेको ब्याटिङ फर्मले पनि बिदा लियो।

ह्वाटमोरपछि नेपाली टिम समालेका पुबुदुले गत महीना ओमानमा टी–ट्वान्टी विश्वकप छनोट खेल्न जानुअघि नेपालको ब्याटिङलाई प्लस प्वाइन्ट रहेको बताएको थिए। तर उनले ह्वाटमोरले सुधान्र खोजेका ब्याटिङलाई निरन्तरता दिन सकेनन्। ब्याटिङ नै फ्लप हुँदा नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट हुन सकेन।

त्यो फ्लप ब्याटिङको शृंखला यो यूएई सिरिजमा पनि जारी छ र हरेक खेलमा नेपालको ब्याटिङ प्रदर्शन खस्कँदो छ।
यो सिरिजमा पहिलो खेलमा पीएनजीसँगको २०९ रनको सामान्य लक्ष्य पूरा गर्न पनि नेपालले निकै संघर्ष गर्दै अन्तिम ओभरसम्म कुर्नुपरेको थियो। अर्को खेलमा यूएईसँग नेपालले १६९ रनको झिनो विजय लक्ष्य पनि पूरा गर्न सकेन।
यति सानो स्कोर सजिलै पूरा गर्नुको सट्टा नेपाल ३६ औ ओभरमा १२० रनमा अलआउट भयो। आठ खेलाडीले दोहोरो रनसंख्या नै छुन सकेनन्। यो भनेको ब्याटरको अधैर्यतको नमूना हो।

आजको तेस्रो खेलमा त एकदिवसीय म्याचमा नेपालले आफ्नो सबैभन्दा कम स्कोरको रेकर्ड नै राख्यो।

आईसीसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत हालसम्म नेपालले खेलेको ११ खेल मध्ये ६ खेलमा ५० ओभरको खेल नै नखेली अलआउट भएको छ। यी सबै खेलमा नेपालले २०० रन पूरा गर्न सकेको छैन। २०० रन पूरा गर्न नसकेको र अलआउट भएको यी ६ खेल मध्ये पाँच खेल हारेको छ। यसको अर्थ नेपालको हारको कारण नै खराब ब्याटिङ हो।
जबकी २०० को स्कोर हाल एकदिवसीय होइन कि २० ओभरको टी–ट्वान्टी म्याचमा बनाउनु पर्ने योगफल हो।

ओपनिङमै समस्या

वाटमोरले नेपालको अस्थिर र फ्लप ओपनिङ ब्याटिङ अर्डरलाई थिर र सफल बनाउने संकेत गरिसकेका थिए। गत वैशाखको टी–ट्वान्टी ट्राई नेसन्स सिरिजमा वाटमोरले पहिलो पटक आसिफ शेख र कुशल भुर्तेललाई ओपनिङ जोडिको रूपमा मैदानमा उतारेका थिए।

यो सिरिजमा खेलेका पाँचै खेलमा यी दुईमध्ये कम्तीमा एक ओपनर चल्दा नेपालले सिरिजको उपाधि नै जितेको थियो। नेपालले खेलेको नेदरल्याण्डस् र मलेसियासँगको शुरुआती दुबै खेलमा कुशल र आसिफको जोडिले सतकिय साझेदारी गरेका थिए।

तर गत महीनाको टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको ओपनिङले काम गरेन। ओमान सिरिजको अभ्यास खेल र विश्वकप छनोटका खेलमा बलिया टिमसँग ओपनिङ नै खराब रहँदा नेपालको योगफल ठूलो हुन सकेको थिएन।
यता नेपालले खेलेका पछिल्ला ६ एकदिवसीय खेलमा पनि ओपनिङ पूरै ध्वस्त छ। यी ६ खेलमा ओपनरले पहिलो विकेटको लागि गरेको साझेदारी एकपटक मात्र दोहोरो रनको छ, जुन सर्वाधिक १८ हो।

यो जारी सिरिजको तीनै खेलमा नेपाले दुबै ओपनरलाई १९ रन भन्दा तलै गुमाएको छ। नेपालको पीएनजीसँगको पहिलो खेलमा ४२ रन जोड्दा चार विकेट गुएको थियो।

दोस्रो खेलमा यूएईसँग ३२ रन जोड्दा तीन विकेट र आज २१ रनमा चार विकेट झरेको थियो। यसले पुष्टी गर्छ नेपालको शुरुआती ब्याटिङ कस्तो छ भनेर। यस्तो खराब शुरुआत भएपछि अनि कसरि टिमको स्कोर ठूलो हुनसक्छ? कुनै पनि क्रिकेट खेल जित्नलाई बलिङ र ब्याटिङ दुबै पक्षको बराबर महत्व हुन्छ। तर सबै क्रिकेट टिमको एक कमजोर पक्ष र एक बलियो पक्ष रहने गर्छ।

नेपाली टिमको भने ब्याटिङ निकै नै कमजोर पक्षको रूपमा रहँदै आएको छ। दुई चार खेलमा ब्याटिङ चलेपनि हालसम्म नेपाली क्रिकेटले पाएको अधिकांस उपलब्धिमा बलिङ कै भरमा हो।
तर अबको आधुनिक क्रिकेट बलिङ को भरमा मात्र जितिन्न। टी-ट्वान्टी जस्ता छोटो फर्म्याट क्रिकेटको लोकप्रियताले ब्याटरको आक्रमक शैलीको खेलले प्राथमिकता पाएको छ। अब बलिङले मात्र स्कोर डिफेण्ड गर्न सकिदैन खेल जित्न ठूलो स्कोर बनाउनु पनि आवश्यक छ।

आईसीसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको यो तेस्रो खेलमा २०३ रनको लक्ष्य पूरा गर्न नेपाललाई जितका लागि प्रति ओभर करिब ४ को रनरेटमा रन जोडे पुग्थ्यो।

प्रशिक्षक पुबुदुले नियमित ओपनर आसिफ शेखलाई खराब फर्मका कारण यो खेलमा बञ्च मै राखेर ओपनिङमा कुशल भुर्तेलको जोडिको रूपमा अलराउण्डर पवन सर्राफलाई उतारेका थिए। तर यो खेलमा नेपालको शुरुआत अघिल्ला खेलमा भन्दा झन खराब भयो।

दुबै ओपनर दोहोरो रनको अंक नै नछुदै आउट भए भने तेस्रो ओभरमा मात्र आठ रनमा नेपालले शुरुआती तीन विकेट गुमायो। अघिल्ला खेलमा जस्तै ओपनर कुशल मल्ल यो खेलमा पनि सस्तैमा, मात्र ५ रनमा आउट भए।

दोस्रो ओभरमा पहिलो विकेट गुमाएको नेपालले तेस्रो ओभरमा लगातार दुई बलमा दुई विकेट गुमायो। यो खेला ओपनिङमा परिक्षण गरिएका अलराउण्डर पवन सर्राफ दुई रनमा आउट हुदा भर गरिएका ब्याटर दिपेन्द्र सिंह ऐरी डकआउट भए।

यसपछि पूरै दबाबमा आएको नेपालको चौथो विकेट आठौ ओभरमा खस्दा रन मात्र २१ थियो। रोहित पौडेल नौ रनमा पेभोलिएन फर्किए।
नेपाललाई अब यो इनिङ जोगाउन ५० ओभरको पूरै खेल खेल्नु नै हम्मे हम्मे थियो। त्यसैले निकै सुस्त ब्याटिङ गरिरहेका नेपालले प्रति ओबर दुई रनको आसपासमा रन बनाइरहेको थियो। नेपाली ब्याटरले दोहोरो दबाबमा खेल्नु पर्‍यो। लक्ष्य पूरा गर्न अलि आक्रमक ब्याटिङ गरौ भने विकेट खस्ला भन्ने डर, विकेट जोगाउन ढिला खेल्दा २०३ रनको लक्ष्य पनि पूरा नहोला भन्ने डर।

ज्ञानेन्द्र मल्ल ६५ बलमा ३० रन जोडेर केहि बेर क्रिजमा टिके। तर यसपछिका अलराउण्डर ब्याटर पनि जम्न सकेनन् र नेपाल १०३ रनको ऐतिहासिक कम स्कोरमा समेटियो।

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गेरेको थियो। अघिल्ला खेलमा ब्याटिङमा लगातारको खराब प्रदर्शन पछि नेपालका प्रशिक्षिक पुबुदुले ब्याटिङमा केहि परिवर्तन गर्ने समय आएको बताएका थिए। यो खेलमा नेपालले टिममा तीन परिवर्तन गरेको थियो।

नेपालको शुरुआत बलिङमा सोचे जस्तो राम्रो भएन। १० ओभरको पावर प्लेमा नेपालले एक विकेट पनि लिन सकेन। यूएईका ओपनरद्वय चिराग सुरी र मुहमद वसिमले पहिलो विकेटको लागि १६ ओभर खेलेर ५७ रनको साझेदारी गर्दै यूएईलाई आकर्षक शुरुआत दिलाएका थिए।

नेपालका कप्तान सन्दीप लामिछानेले यो साझेदारी तोडेका थिए। वसिम ५१ बलमा ३३ रन बनाउदा सन्दीपको बलमा एलबीडब्लू धरापमा परे। यसपछि १९ औ ओभर करण केसीको बलमा अर्का ओपनर चिराग सुरी २६ रनमा आउट भए।
२३ औ ओभरमा दिपेन्द्र सिंह ऐरीले सीपी रिजवानको विकेट पनि लिएपछि ७३ रन जोड्दा यूएईले शुरुआती तीन विकेट गुमाएको थियो। शुरुआत राम्रो गरेपनि लगातार विकेट खसेपछि यूएईको इनिङ दबाबमा आयो।

यसपछि नेपालको कसिलो बलिङसामु यूएईले खुलेर ब्याटिङ गर्न सकेन। ३२ औ ओभरमा आरिफ शेखले खतरनाम ब्याटर बृत्य अरविन्दलाई २४ रनमा बोल्डआउट गरे। ४३ औ ओभरमा सन्दीपले बसिल हमदलाई पनि पेभोलिएनको बाटो देखाए।

दबाबमा परेको यूएईको इनिङलाई पूर्वकप्तान रोहन मुस्ताफाले समाल्ने प्रयास गरेका थिए। उनले अर्धसतकिय पारी खेल्दै ७३ बलमा सर्वाधिक ६० रन जाडे। सोमपाल कामीले उनलाई ४६ औ ओभरमा बोल्ड आउट गरेका थिए।
सोमपालले यो एकै ओभरमा दुई विकेट लिए। त्यसैगरी सन्दीप र करणले थप एक–एक विकेट लिएपछि यूएई ५० ओभरमा नौ विकेट गुमाउँदै २०२ रनमा समेटिएको थियो।

बलिङमा सन्दिपले १० ओभरमा मात्र ३३ रन खर्चेर तीन विकेटको आकर्षक प्रदर्शन गरे। त्यस्तै सोमपाल र करणले दुई दुई विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved