एनएसजेएफ स्पोर्ट्स अवार्ड : देव खनाललाई उत्कृष्ट युवा खेलाडीको अवार्ड

नेपालभ्युज

एनएसजेएफ स्पोर्ट्स अवार्ड : देव खनाललाई उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाडौं। यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल उत्कृष्ट युवा खेलाडीको अवार्डबाट सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च एनएफजेएफ स्पोर्ट्स अवार्डमा खनालाई वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरिएको हो।

उनले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई छनोट गर्न टोलीको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा ८ वर्षपछि नेपाल विश्वकपमा छनोट भएको थियो।

देवको नेतृत्वमा नेपालले यूएईलाई हराउँदै एसिया छनोटको उपाधि पनि जित्न सफल भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved