प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा २०८१ माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय 

'माओवादीसँग एकता गर्ने गतिविधिमा संलग्न नेतालाई पदमुक्त गर्ने' 

नेपालभ्युज

प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा २०८१ माघमा महाधिवेशन गर्ने नेसपाको निर्णय 

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टीभित्र राजनीतिक अवाञ्छित गतिविधि भएको उल्लेख गर्दै त्यो मान्य नहुने जनाएको छ ।

पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको छैठौँ पूर्ण बैठकले त्यस्ता गतिविधिमा संलग्न नेताहरूलाई पदमुक्त गर्ने निर्णय गरेको प्रवक्ता कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार पार्टीको विधि, पद्धति र अनुशासनविपरीत गएर अरु दलहरूसँग एकता गर्ने, पार्टीको हितप्रतिकूल अभिव्यक्ति दिने नेताहरूलाई पार्टीले कारबाही गर्नेछ ।

यसअघि पार्टीका नेताहरू महिन्द्र राय यादव, गङ्गानारायण श्रेष्ठलगायतले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका छन् । जुन निर्णयलाई नेसपाले खारेज गरेको छ । यसपछि उनीहरूलाई कारबाही गर्न लागेको प्रवक्ता शर्माले बताए ।

यस्तै बैठकले यसभन्दा अघि गठित पार्टी एकता/ध्रुवीकरण संयोजन समिति पनि भङ्ग गरेको छ भने प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ । जसको संयोजक डा. भट्टराई नै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved