जलेश्वर नगरपालिकाका मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

जलेश्वर नगरपालिकाका मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
नगर प्रमुख सुरेश साह सोनार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जलेश्वर-१ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत छैठौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव-इन्जिनियर दिपेश कुमार साहलाई प्रतिवादी बनाइएको छ ।

साथै, नगर कार्यपालिका सदस्य सोगरा खातुन, वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीलाई पनि प्रतिवादी बनाई मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।

उनीहरूले ५ लाख ८४ हजार ६३७ रूपैयाँ भ्रष्टाचार गरेको उल्लेख गर्दै आयोगले कैद र जरिवाना माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved