मौरिससविरुद्ध यस्तो छ नेपालको लाइनअप, विमल पहिलो रोजाइमा

नेपालभ्युज

मौरिससविरुद्ध यस्तो छ नेपालको लाइनअप, विमल पहिलो रोजाइमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले केहीबेरमा मौरिसससँग प्रतिस्पर्धा गर्दै छ। नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मौरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा शुरुआती-११ घोषणा गरेका छन्।

दशरथ रंगशाला त्रिपुरेश्वरमा हुने खेलमा गोलरक्षक चेम्जोङसँगै अग्रपङ्तिमा बिमल घर्तीमगर, अन्जन विष्ट र सुनिल बल छन्। मिडफिल्डमा तेज तामाङ, सुमन लामा र सुरज ठकुरी रहनेछन् भने डिफेन्समा सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङ रहने जनाइएको छ।

नेपाल र मरिससबीचको खेल पौने पाँच बजे शुरु हुनेछ। नेपालले पहिलो पटक आधिकारिक रुपमा मौरिससँग खेल्न लागेको हो। मंगलबार मौरिससँगै दोस्रो मैत्रीपूर्ण खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved