राष्ट्रिय सभा निर्वाचन मधेश प्रदेश : महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचन मधेश प्रदेश : महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन्।

सत्ता गठबन्धनको महिला समूहबाट माओवादी (केन्द्र)की उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्। नेकपा (एमाले)–लोसपा गठबन्धनबाट महिलातर्फ उम्मेदवारी दिएकी लोसपाकी रूपाकुमारी यादवले ३ हजार २ सय २८ मतभार मात्रै ल्याउन सकिन्।

महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र स्थानीयतर्फ १६ मतदाताको मत बदर भएको थियो। यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved