‘नो खोप कार्ड नो सर्भिस, नो मास्क नो इन्ट्री’

नेपालभ्युज

‘नो खोप कार्ड नो सर्भिस, नो मास्क नो इन्ट्री’

महोत्तरी। जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ। कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो।

सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।

प्रशासनले खोप नलिएकालाई सेवा नदिने र सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए। अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे/नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन्।

यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved