शहीदहरूकै बलिदानीको बलमा ‘मधेश’ प्रदेश स्थापना भयो : मुख्यमन्त्री राउत

नेपालभ्युज

शहीदहरूकै बलिदानीको बलमा ‘मधेश’ प्रदेश स्थापना भयो : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शहीदहरूकै बलिदानीको बलमा मधेश प्रदेश स्थापना भएको बताएका छन्।

बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरूले मधेश प्रदेश स्थापना गर्न सफल भएको बताए।

“मधेश आन्दोलनका क्रममा थुप्रै शहीद भए, ती शहीदहरू मधेश प्रदेशको सपना थियो”, मुख्यमन्त्री राउतले भने, “आज हामी मधेश प्रदेश स्थापना गर्न सकियौँ, यसबाट शहीदहरूको एउटा सपना पूरा भएको हामीलाई लागेको छ ।”

“मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरबको कुरा हो ।” यसबाट शहीदहरूको सम्मान भएको उनको भनाइ थियो।

मुख्यमन्त्री राउतले महतोको शालिकमा माल्यार्पण गरे। महतो मधेश आन्दोलनका प्रथम शहीद हुन्। प्रत्येक वर्ष ५ माघमा मधेश सरकारले भव्य रूपमा बलिदान दिवस मनाउने गरेको छ। यो वर्ष पनि आज मधेश प्रदेश सरकारले सप्तरी सदरमुकाम राजविराजमा बलिदानी दिवस विशेष कार्यक्रम आयोजना गरेको छ।

मधेश आन्दोलनमा भएको शहादतको उपलब्धि हो- मधेश प्रदेश : लालबाबु राउत, मुख्यमन्त्री


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved