काेराेना खाेप बेचिरहेको अवस्थामा दुई स्वास्थ्यकर्मी पक्राउ

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ तहका हेल्थ असिस्टेन्ट अजकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ।

काेराेना खाेप बेचिरहेको अवस्थामा दुई स्वास्थ्यकर्मी पक्राउ
जनकपुरधाम। कोरोना विरुद्धको भ्याक्सिन बिक्री गरिरहेका दुई जना स्वास्थ्यकर्मी जनकपुरधामबाट पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत पाँचौ तहका हेल्थ असिस्टेन्ट अजकुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ।
नेपाल सरकारले निःशुल्क दिँदै आइरहेको भ्याक्सिन १५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको सूचनाको आधारमा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। जनकपुरधामस्थित बसपार्कबाट ३ भाइल भ्याक्सिनसहित उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुले सात हजार रूपैयाँको दरले ३ भाइल भ्याक्सिन बिक्री गरेको स्वीकार समेत गरेको बताइएको छ।
उनीहरुले लामो समयदेखि पाँच हजारदेखि १५ हजार रुपैयाँसम्ममा खोप बिक्री गर्दै आएको सूचना स्थानीय यूवाहरुले अख्तियारलाई दिएसँगै टोलीले सक्रियतासाथ दुवै जनालाई पक्राउ गरेको हाे।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved