कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा एमालेको विशेष कार्यक्रम, देउवा र प्रचण्ड प्रमुख वक्ता

नेपालभ्युज

कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा एमालेको विशेष कार्यक्रम, देउवा र प्रचण्ड प्रमुख वक्ता

काठमाडौं । नेकपा एमालेले आज कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले ललितपुर गोदावरीको सनराईज हलमा हीरक महोत्सवको औपचारिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेससहितका अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो गरिएको छ ।

विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ ।

त्यस्तै तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री र पार्टी प्रमुखलाई पनि निम्तो गरिएको एमालेले जनाएको छ ।

प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन अस्वस्थताको कारण उपस्थित हुन नसकेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आज हीरक महोत्सवमा सहभागी हुने बताइएको छ ।

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललाई पनि बोलाइएको । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट एमालेले सम्मान गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved