कीर्तिपुर अस्पताल अगाडि बस दुर्घटना, प्राध्यापकको मृत्यु

नेपालभ्युज

कीर्तिपुर अस्पताल अगाडि बस दुर्घटना, प्राध्यापकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आइतबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

कीर्तिपुर–रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो । वर्ष ४२ का ठेगाना नखुलेका प्राध्यापक डा. गोविन्द रिजालको मृत्यु भएको हो ।

प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् । अन्य तीन घाइतेको उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन् । लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved