हड्डीमा क्यान्सर हुँदा देखिने लक्षण

नेपालभ्युज

हड्डीमा क्यान्सर हुँदा देखिने लक्षण

एजेन्सी । खराब खानपान र कसरतको कमीले गर्दा हड्डीको क्यान्सर हुने समस्या बढ्दै गइरहेको छ ।

क्यान्सरले गर्दा हड्डीमा कोशिकाहरू असामान्य तरिकाले बढ्न थाल्छन् । यस्तो अवस्थामा केही लक्षण देखिने गर्छन् । ती लक्षण बारे जानौं-

त्यसो त बोन क्यान्सर शरीरको कुनै पनि भागमा हुन सक्छ । तर, सामान्य रूपमा पेल्विक र हातखुट्टाका हड्डीमा देखिने गर्छ ।

तपाईंको हड्डीमा लगातार लामो समयसम्म दुखाई छ भने यो बोन क्यान्सरको कारण हुन सक्छ । यस्तोमा हड्डी लगातार दुखिरहेमा बेवास्ता गर्नु हुँदैन ।

हड्डी कमजोर हुनु पनि बोन क्यान्सरको मुख्य लक्षण हो । तपाईंको शरीरमा हड्डी पटक पटक भाँचिने गर्छ भने पनि यसलाई बेवास्ता गर्नु हुँदैन ।

तौल कम हुनु पनि बोन क्यान्सरको प्रमुख संकेत हुन्छ । जसरी क्यान्सरका कोशिका शरीरमा बढ्न थाल्छन् तौल कम हुन थाल्छ ।

हड्डी सुन्निने तथा गाँठो पर्ने पनि क्यान्सरको कारणले हुन सक्छ । तपाईंको शरीरको कुनै हड्डी लामो समय सुन्निने समस्या छ भने डाक्टरसँग जाँच गराउनुहोस् ।

हड्डी अड्किए जस्तो हुने वा पाट्टिने, हिँड्डुल गर्नै गाह्रो हुने समस्या पनि क्यान्सरको लक्षण मान्न सकिन्छ ।

हड्डीमा दुखाईको अन्य कारण पनि हुन सक्छ । तर, लामो समय दुखिरहँदा बेवास्ता गर्नु हुँदैन । समयमै डाक्टरसँग चेकजाँच गरी उपचार गर्दा क्यान्सरको जस्तो समस्या आउँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved