टी-२० विश्वकप क्रिकेट

बंगलादेशविरुद्ध नेपालले गुमायो पाँचौं विकेट

नेपालभ्युज

बंगलादेशविरुद्ध नेपालले गुमायो पाँचौं विकेट
File Photo

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले पाँचौं विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका सन्दीप जोहरा १ रनमा आउट भएका हुन्।

उनलाई बंगलादेशका तन्जिम हसन साकिबले आउट गरेका हुन्। जारी खेलमा व्यक्तिगत रुपमा यो उनको चौथो विकेट हो।

यसअघि आसिफ शेख १७, कप्तान रोहित कुमार पौडेल १, कुशल भूर्तेल ४ र अनिल साह शून्यमा आउट भए।

बंगलादेशले दिएको १०७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले ७ ओभरमा ५ विकेटको क्षतिमा २६ रन बनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved