समाज समय सापेक्ष हुनुपर्छः खिलराज रेग्मी

नेपालभ्युज

समाज समय सापेक्ष हुनुपर्छः खिलराज रेग्मी

काठमाडौं । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताएका छन् ।

दायित्व वाङ्गमय प्रतिष्ठान नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साहित्य समाजको ऐना भएको बताए । उनले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको बताए ।

उनले मानव र समाजको लागि अनुपयोगी वा  विरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमविरुद्ध हुने जिकिर गरे । उनले समय गतिशिल र समाज प्रगतिशिल एवं परिवर्तनशिल रहेको भन्दै सिर्जना र कामहरु समय सापेक्ष र समाज सापेक्ष हुनुपर्ने बताए । उनले कल्पनाशिलता रचनात्मक र सिर्जनात्मक भयो भने समाजलाई डोर्‍याउन र मार्गदर्शन गर्नसक्ने बताए ।

उनले भने, ‘भनिन्छ साहित्य समाजको ऐना हो । प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त छ । मानव सिर्जना मानवका लागि समाजका लागि नभइ केका लागि हुने ? त्यसैले मानव र समाजको लागि अनुपयोगी वा विरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र श्रृष्टिको नियमविरुद्ध हो भन्ने लाग्छ । समय गतिशिल छ र समाज पनि प्रगतिशिल एवं परिवर्तनशिल छ ।’

कार्यक्रममा दायित्व वाङ्गमय विशिष्ट सम्मानबाट रमेशचन्द्र देवकोटा र डि.आर. पोखरेल, दायित्व वाङ्गमय सम्मानबाट अमरकुमार प्रधान र वासुदेव गुरागाईं, विद्वतच्छिरोमणि हेमराज पुरस्कारबाट प्रा. दिनेशराज पन्त, दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट सिर्जनशिल अपाङ्ग विद्यालय,हरिकला गुणाकर दयित्व रचना पुरस्कारबाट विष्णुप्रसाद शर्मा पराजुली, दायित्व सीता पन्त श्रष्टा पुरस्कारबाट रागेश्वरी पन्त, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट श्रृष्टि केसीलाई सम्मान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved