गर्मीमा खानुहोस् आरुबखडा, हुन्छ धेरै फाइदा

नेपालभ्युज

गर्मीमा खानुहोस् आरुबखडा, हुन्छ धेरै फाइदा

एजेन्सी । गर्मी मौसम सुरु भएसँगै बजारमा आरूबखडा पनि किन्न पाइन्छ । यो फल खानमा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसका लाभका बारेमा जानौं–

आरूबखडामा धेरै प्रकारका पोषक तत्व पाइन्छन् । यसमा फाइबर, आइरन, पोटाशियम, भिटामिन ए, भिटामिन सी, भिटामिन बी आदि पोषक तत्व राम्रो मात्रामा पाइन्छन् ।

गर्मीमा आरूबखडाको सेवन गर्दा शरीर शितल हुन्छ । यो फलले लूबाट पनि बचाउन सक्छ । वाकवाकी, रिंगटा लाग्ने जस्ता समस्या छ भने पनि आरूबखडा खाँदा फाइदा गर्छ ।

यो फलले शरीरमा रगत बढाउन पनि सहयोग गर्छ । यसले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउँछ किनकि यो फलमा आइरन पाउन सकिन्छ ।

शरीर सुन्निने तथा जोर्नीमा दुखाई जस्तो समस्या छ भने पनि आरूबखडा खाँदा फाइदा गर्छ । यसले बाथ तथा युरिकएसिडबाट दुखेको अवस्थामा राहत दिन्छ ।

आरूबखडामा पाइने म्याग्नेशियम, पोटाशियम, सोडियम, फस्फोरस, क्याल्सियम, प्रोटिन र भिटामिन ए र सी हुने भएकाले यसले मांसपेशीहरूलाई पनि बलियो बनाउँछ ।

मधुमेहका बिरामीका लागि पनि यो फल खानु एकदमै सुरक्षित हुन्छ । सीमित मात्रामा यसको सेवन फाइदाजनक हुन्छ ।

यो मौसमी फल भएकाले यसमा विषादी राखेको हुँदैन त्यसैले यसको सेवन गर्नु फाइदाजनक हुन्छ । बच्चालाई पनि यो फल खुवाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved