मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

नेपालभ्युज

मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुन्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मन भित्रको अन्तरव्रह्मले लिने निर्णय सार्थक र सिर्जनामुलक हुने बताएका छन् । शनिवार ललितपुरमा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

लेखन कुञ्जद्वारा प्रकाशित एवं नेपालका प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठद्वारा लिखित ‘शारदा श्रेष्ठ– नेपालकी प्रथम महिला न्यायाधीश’ लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै उनले पुस्तकले सामाजिक यथार्थलाई चित्रण गरेको बताए ।

उनले शारदा श्रेष्ठ निष्ठावान, कर्तव्यपरायण, शाहस, निडर व्यक्तित्व रहेको बताए। उनले पुस्तकमा तत्कालीन अवस्थाका अदालतको कार्यशैली, कार्यवातावरण र प्रवेशको चित्रण रहेको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले सेवा निवृत्त भएपछि पनि महिला शिक्षा तथा समाजिक एवं न्याय शिक्षाको सुधारका लागि लाग्नुपर्ने बताए । महिलाहरुको उत्थान र विकासका लागि अझै काम गर्न जरुरी रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved