कोशी : सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको सुनिश्चित, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनैपर्ने

संसद् अधिवेशन अन्त्य

नेपालभ्युज

कोशी : सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको सुनिश्चित, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनैपर्ने

विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा दर्ता भएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको सुनिश्चित भएको छ ।

यसअघि ध्वनि मतले पारित भइसकेको प्रस्तावका सन्दर्भमा मत विभाजनको प्रक्रियामा जान प्रस्तावकर्ता दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले माग गरेका थिए । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले ‘हुन्छ’ र ‘हुन्न’ भन्ने पक्षलाई पालैपालो उभिन आग्रह गरेका थिए ।

त्यसअनुरूप ‘हुन्छ’ भन्ने पक्षका ५२ सांसद उभिए भने ‘हुन्न’ भन्ने पक्षका सांसद उठेनन् । ‘मत दिन्नँ’ भन्ने पक्षमा ३ सांसद उभिए ।

सङ्कल्प प्रस्ताव पारित भएसँगै अब मुख्यमन्त्री केदार कार्कीले संविधानत: ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । बहुमत गुमाएका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने अड्डी कसेका थिए । तर, अब उनलाई विश्वासको मत लिनैपर्ने बाध्यता थपिएको छ ।

सङ्कल्प प्रस्ताव पारित भएसँगै संसद् अधिवेशन पनि अन्त्य भएको छ । यसअघि नै अन्त्य भइसकेको संसद् अधिवेशन सङ्कल्प प्रस्तावमाथि नै छलफल गर्ने प्रयोजनका लागि पुन: डाकिएको थियो ।

“नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार बोलाएको अधिवेशनको प्रयोजन समाप्त भएको छ, यससँगै अधिवेशन अन्त्य भएको घोषणा गर्छु,” सभामुख विष्टले सदनलाई जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved