प्रेमीसँग आज लगनगाँठो कस्दै एलिना चौहान

नेपालभ्युज

प्रेमीसँग आज लगनगाँठो कस्दै एलिना चौहान

काठमाडौं । चर्चित गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङका विष्णु सापकोटासँग उनी लगन गाँठो कस्न लागेकी हुन् ।

विष्णु जन्ती लिएर मंगलबारै झापा पुगिसकेका छन् । उनी बागलुङबाटै गएका हुन् ।

मंगलबार उनीहरूको मेहन्दी समारोह थियो । बुधबार एलिनाकै घरमा परम्परागत रीतिरिवाजपूर्वक विवाह हुँदैछ ।

एलिना भने तीनदिन अघिसम्म साङ्गीतिक कार्यक्रममै व्यस्त थिइन् । साइप्रस पुगेकी एलिना सोमबार मात्रै फर्केकी हुन् । अस्ट्रेलियामा बस्दै आएका विष्णु पनि केही समयअघि फर्केका हुन् । एलिना र विष्णु केही समयदेखि प्रेममा थिए ।

एलिनालाई लिन बिहेको अघिल्लै दिन जन्ती लिएर झापा पुगे विष्णु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved