एलिनालाई लिन बिहेको अघिल्लै दिन जन्ती लिएर झापा पुगे विष्णु

नेपालभ्युज

एलिनालाई लिन बिहेको अघिल्लै दिन जन्ती लिएर झापा पुगे विष्णु

काठमाडौं । चर्चित गायिका एलिना चौहान भोलि विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङका विष्णु सापकोटासँग उनलाई लिन जन्ती लिएर झापा पुगिसकेका छन् ।
बागलुङबाट जन्ती लिएर झापा पुगिसकेका हुन् । उनी दुलाहाकै पहिरनमा सजिएर गएका हुन् ।

अहिले उनीहरूको मेहन्दी समारोह भइरहेको छ । भोलि एलिनाकै घरमा परम्परागत रीतिरिवाजपूर्वक विवाह हुनेछ ।

एलिना भने तीनदिन अघिसम्म साङ्गीतिक कार्यक्रममै व्यस्त थिइन् । साइप्रस पुगेकी एलिना सोमबार मात्रै फर्केकी हुन् । अस्ट्रेलियामा बस्दै आएका विष्णु पनि केही समयअघि फर्केका हुन् । एलिना र विष्णु केही समयदेखि प्रेममा थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved