मुख्यमन्त्री सरोज कुमार यादवले पाए चौथो पटक विश्वासको मत

मुख्यमन्त्री सरोज कुमार यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम ।  मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल ६१ जना सांसद सबैले मुख्यमन्त्री यादवको पक्षमा मत हालेका थिए ।

प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी पाएका हुन् ।

कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिस्कार गरेका थिए ।

मुख्यमन्त्री यादव ले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाएका थिए ।

प्रतिपक्षी दलले बहिस्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved