प्रेमी विष्णुसँग विवाह गर्दै एलिना, गीत चलाउन ‘ब्रेकअप’को हल्ला गर्दै दर्शकलाई ‘चिटिङ’ !

‘तिम्ले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ भन्ने गीत सार्वजनिकको बेलामा ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले स्विकारेकी थिइन् । तर, अहिले उनैसँग बिहे गर्न लागेको खबरले गीत चलाउन ब्रेकअपको हल्ला गरेको दर्शक स्रोताले आशंका गरेका छन् ।

नेपालभ्युज

प्रेमी विष्णुसँग विवाह गर्दै एलिना, गीत चलाउन ‘ब्रेकअप’को हल्ला गर्दै दर्शकलाई ‘चिटिङ’ !

काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त रहेको उनले सुनाएकी छिन् । बागलुङका सापकोटा अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । एलिना भने झापाकी हुन् ।

तीज कार्यक्रममा अस्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच प्रेम सम्बन्ध रहेको थियो । एलिनाको गीत ‘तिमीले धोका दियौ भने माकसम कट्टा हान्दिन्छु’ भन्ने गीत सार्वजनिकको बेलामा ब्रेकअपको खबर फैलिएको थियो ।

यो खबरलाई उनले स्विकारेकी थिइन् । तर, अहिले उनैसँग बिहे गर्न लागेको खबरले गीत चलाउन ब्रेकअपको हल्ला गरेको दर्शक स्रोताले आशंका गरेका छन् ।

प्रेमीसँगको तस्वीर राख्दै एलिना चौहानले भनिन् – तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ

‘धोकेबाज हौ तिमी’की गायिकालाई धोका, विवाहको कुरो आइसकेको प्रेममा ‘ब्रेकअप’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved