‘धोकेबाज हौ तिमी’की गायिकालाई धोका, विवाहको कुरो आइसकेको प्रेममा ‘ब्रेकअप’

नेपालभ्युज

‘धोकेबाज हौ तिमी’की गायिकालाई धोका, विवाहको कुरो आइसकेको प्रेममा ‘ब्रेकअप’

काठमाडौं । ‘धोकेबाज हौ तिमि, धोकेबाज हौ’ गीतकी गायिका एलिना चौहानले निजी जीवनमा आफैँ धोका खाएकी छन् । प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको हो । एलिना र विष्णुको विवाहको कुरो समेत बाहिर आइसकेको अवस्थामा एकाएक ब्रेकअपको खबर आएको हो ।

गायिका एलिना चौहान प्रेम सम्बन्धमा रहेको चर्चा सेलाउन नपाउँदै ब्रेकअपको खबर बाहिरिएको छ । ब्रेकअपपछि आफूसँग समय तनावमा रहेको उनले बताए पनि अहिले राहत पाइसकेकी बताइन् ।

अस्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो । गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गरेकी छन् ।
‘‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअप भएको हो’, एलिनाले भनिन् ।

आफूले विष्णुलाई भुलेर अगाडि बढिसकेको समेत उनको भनाइ छ ।

करिब एक वर्ष अगाडि तीजमा साङ्गीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो । दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

‘धोकेबाज हौ तिमी’ बोलको गीतले एलिनालाई चर्चाको शिखरमा पुर्‍याएको छ । यही गीतका कारण देश तथा विदेशका स्टेज शोहरुमा उनको चर्को माग छ । विष्णु भने लोकदोहोरी प्रतिष्ठाको अष्ट्रेलिया शाखाका अध्यक्ष हुन् ।

प्रेमीसँगको तस्वीर राख्दै एलिना चौहानले भनिन् – तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved