के महिलाले कपडा नलगाई सुत्नु राम्रो हुन्छ ?

नेपालभ्युज

के महिलाले कपडा नलगाई सुत्नु राम्रो हुन्छ ?

एजेन्सी । तपाईंले सुन्नुभएको होला कपडा नलगाई सुत्नु भनेको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय महिला वा पुरुष कपडा नलगाई सुत्छन् पनि ।

तपाईंले सोंचिरहनुभएको छ महिलाले कपडा नलगाई सुत्नु फाइदाजनक हुन्छ कि हुँदैन ? हो पक्कै यसले शरीरमा विभिन्न फाइदा हुने गर्छ । कपडा नलगाई सुत्नुका फाइदा जानौं–

  • बिना कपडा सुत्दा महिलालाई यीस्टमा संक्रमण हुने खतरा कम हुन्छ । बिना कपडा सुत्दा महिलाका संवेदनशील अंगले स्वास लिने मौका पाउँछन् । जसले गर्दा संक्रमणको खतरा कम हुन्छ ।
  • रातमा राम्रो निद्रा नलाग्दा पनि तौल बढ्ने समस्या हुन्छ । महिलाले कपडा नलगाई आनन्दसँग सुत्दा निद्राको गुणस्तर बढ्न सक्छ । जसले गर्दा तौल पनि नियन्त्रणमा आउँछ र शरीर पनि शीतल रहनेछ ।
  • कतिपय महिलालाई रातमा सुतेको बेला पसिना आउने समस्या हुन्छ । यस्तोमा उनीहरुले कपडा नलगाएर सुत्दा फाइदा हुन्छ । यसरी पसिनाले गर्दा हुने समस्या पनि कम हुन्छ ।
  • कपडा नलगाई सुत्दा आत्तिने तथा तनाव पनि कम हुन सक्छ । शरीरको तापक्रम सन्तुलित रहन्छ जसले गर्दा तनाव हुने सम्भावना कम हुन्छ ।
  • कपडा नलगाई सुत्न अप्ठेरो लाग्छ भने एकदमै पातलो तथा सुतीको कपडा मात्र लगाउनुपर्दछ । जसले शरीरलाई र स्वास्थ्यलाई नोक्सान गर्दैन ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved