अफिसमा राख्नुहोस् यस्ता विरुवा हुनेछ मुड फ्रेस

नेपालभ्युज

अफिसमा राख्नुहोस् यस्ता विरुवा हुनेछ मुड फ्रेस

एजेन्सी । अफिसमा लगातार काम गरिरहनु धेरैलाई मन पर्दैन । तर काम नै त्यस्तो हुन्छ कि तपाईंलाई इच्छा नलागे पनि गरिरहनु पर्ने हुन्छ । त्यसैले काम गर्दा मुडलाई फ्रेस बनाइराख्नका लागि तपाईं आफ्नो टेबलमा केही घरभित्र राख्न मिल्ने खालका ‘इनडोर’ विरुवाहरु राख्न सक्नुहुन्छ । जसलाई देखेर तपाईंको मुड राम्रो हुनेछ ।

मनी प्लान्ट
तपाईं अफिसको डेस्कमा काँचको बोतलमा मनी प्लाट लगाउन सक्नुहुन्छ । यो पानीमा वा माटो दुबैमा लगाउन सकिन्छ । यसलाई धेरै स्याहार पनि गर्नु पर्दैन । हप्तामा एक वा दुईपटक मात्र पानी राख्दा हुन्छ वा यदी तपाईंले यसलाई पानीमा लगाउनुभयो भने हप्तामा एकपटक पानी बदल्नुहोला ।

पीस लिली प्लान्ट
तपाईं सजिलै सानो गमलामा यो विरुवा लगाउन सक्नुहुन्छ । यो फुल पनि फुल्ने गर्छ । जो एकदमै सुन्दर देखिन्छ ।

स्नेक प्लान्ट
स्नेक प्लान्टलाई अक्सीजन धेरै दिने विरुवामा लिइन्छ । र, यसलाई रेखदेख गर्न पनि त्यति गाह्रो हुँदैन । यसलाई हप्तामा एकपटक पानी राख्दा पनि हुन्छ ।

लक्की बेम्बु
यो विरुवा पनि डेस्कहरुमा अत्यधिक राख्न रुचाइने विरुवा हो । यो धेरैले पानीमा लगाउने गर्छन् । जसको पानीलाई हप्तामा एकपटक परिवर्तन गर्न सकिन्छ । साथमा यो माटोमा पनि लगाउन सकिन्छ ।

जेड प्लान्ट
यो विरुवा हेर्दा सानो सानो सुन्दर पातहरु भएको एकदमै सुन्दर देखिन्छ । यो एकदमै सानो गमलामा पनि लगाउन सकिन्छ ।
यी सबै विरुवाहरुलाई सजिलै लगाउन सकिने भएकाले तपाईं आफ्नो अफिसमा राख्न सक्नुहुन्छ । यी लामो समय हरियो रहिरहने र पातहरु नझर्ने भएकाले पनि सधैं तपाईंको अफिसको डेस्क सुन्दर देखिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved