५८ वर्षको उमेरमा सिद्धु मुसेवालाकी आमाले यसरी जन्माइन बच्चा

नेपालभ्युज

५८ वर्षको उमेरमा सिद्धु मुसेवालाकी आमाले यसरी जन्माइन बच्चा

एजेन्सी । भारतको पञ्जाबका चर्चित गायक सिद्धु मुसेवालाको दुई वर्ष अघि गोली हानी हत्या गरिएको थियो । मृत्युको दुई वर्षपछि सिद्धु मुसेवालाको घरमा खुशी आएको छ ।

आमा चरणकौरले ५८ वर्षको उमेरमा एउटा छोरालाई जन्म दिएकी छन् । यो जानकारी सिद्धुका बुवा बलकौर सिंहले सामाजिक सञ्जालमार्फत दिएका छन् । जहाँ उनले बच्चाको तस्वीर समेत शेयर गरेका छन् ।

५८ वर्ष पुगिसकेकी शिद्धुकी आमाले कसरी बच्चा जन्माउन सफल भइन् भनेर सबैलाई चासो लागिरहेको छ ।

यो उमेरमा चरणकौरले आईभीएफ अर्थात इन विट्रो फर्टिलाइजेशनको माध्यमबाट बच्चा जन्माएकी हुन् । यसलाई बोलिचालिको भाषामा टेस्ट ट्यूब बेबी पनि भनिन्छ ।

यो प्रविधिमा महिलाको अन्डाशयबाट अन्डा निकालेर त्यसलाई पुरुषको स्पर्मसँग फैलोपियन ट्यूबमा फर्टिलाइजेशन गरिन्छ । यो प्रविधि त्यस्ता महिलाका लागि वरदान सावित भएको छ जो प्राकृतिक रुपमा गर्भाधान गर्न सक्दैनन् ।

५० वर्ष नाघिसकेका महिलामा गर्भधारण गर्ने सम्भावना एकदमै न्यून हुने गर्छ । किनकी यो समयमा उनीहरुको महिनावारी रोकिने क्रममा वा रोकिइसकेको हुन्छ ।

तर, आईभिएफको माध्यमबाट ५० वर्ष उमेर नाघिसकेका महिला पनि आमा बन्न सक्छन् । यसका लागि उनीहरुलाई हर्मोनल इन्जेक्शन दिएर गर्भाशय सक्रिय बनाइन्छ ।

यो उमेरपछि आमा बन्न चाहिरहेकाहरुको सम्पूर्ण शरीरको जाँच गर्नुपर्दछ । साथमा यो सम्पूर्ण रुपमा चिकित्सकीय सहयोग तथा परामर्शमा मात्र सम्भव हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved