रोचक

के महान् वैज्ञानिक स्टेफन हकिङ ‘ओर्जी पार्टी’ गएका थिए ?

फ्री एपस्टाइनले आफ्नी तत्कालीन सहयोगी घिसलेन माक्सवेललाई सन् २०१५ मा पठाएको एक इमेलले यो संकेत गर्दछ कि महान् वैज्ञानिक हकिङ ‘ओर्जी पार्टी’ मा जाने गर्दथे । ‘Orgy party’ सामूहिक यौन कर्मका लागि आयोजना गरिन्छ । उक्त इमेलले स्वर्गीय वैज्ञानिकलाई नयाँ ढंगले विवाद र चर्चामा ल्याएको छ । एपस्टाइन संसारकै कुख्यात यौन तस्कर थिए ।

नेपालभ्युज

के महान् वैज्ञानिक स्टेफन हकिङ ‘ओर्जी पार्टी’ गएका थिए ?

काठमाडौं । महान् भौतिकशास्त्री स्टेफन हकिङ (Stephen Hawking) सन् २०१८ मा ७६ वर्षको उमेरमा बिते। ग्यालिलियो ग्यालिली, सर आइज्याक न्यूटन र अल्बर्ट आइस्टाइनपछि आधुनिक विज्ञान जगतका उनी ठूला हस्ती मानिन्छन् । अझ कतिपयले त उनलाई आइन्स्टाइनपछिकै ठूला वैज्ञानिक भन्छन् ।

ब्ल्याक होल (Black Hole) र बहुब्रह्माण्ड (Multi Universe) को सिद्धान्त उनका मुख्य योगदान मानिन्छन् । त्यसो त क्वान्टम विज्ञानको विकासमा पनि उनले धेरै ठूलो योगदान गरेका छन् ।

अहिले उनको निधन भएको ६ वर्ष भइसक्यो । अर्को कुरा उनी शारीरिकरूपमा अशक्त थिए । तर, अहिले एक नयाँ रहस्य खुलेको छ कि जेफ्री एपस्टाइनको सूचीमा उनको पनि नाम थियो ।

जेफ्री एपस्टाइनले आफ्नी तत्कालीन सहयोगी घिसलेन माक्सवेललाई सन् २०१५ मा पठाएको एक इमेलले यो संकेत गर्दछ कि महान् वैज्ञानिक हकिङ ‘ओर्जी पार्टी’ मा जाने गर्दथे ।

‘Orgy party’ सामूहिक यौन कर्मका लागि आयोजना गर्ने गरिन्छ । संसारका धेरै देशमा यस्तो पार्टी आयोजना गर्नु अवैधानिक मानिन्छ ।

जेफ्री एपस्टाइनको उक्त इमेलले स्वर्गीय वैज्ञानिकलाई नयाँ ढंगले विवाद र चर्चामा ल्याएको छ । एपस्टाइन संसारकै एक कुख्यात यौन तस्कर थिए ।

बाल यौन दुराचार र अनेक अवैधानिक यौन कर्म तथा व्यापारका लागि जेफ्री एपस्टाइन आरोपित र दण्डित थिए । सन् २०१९ को अगष्टमा उनले आत्महत्या गरेका थिए ।

उपरोक्त इमेलले जेफ्री एपस्टाइनले बनाएको १५० जना ‘हाई–प्रोफाइल’ व्यक्तिको सूचीमा वैज्ञानिक हकिङको नाम समेत समावेश थियो भन्ने संकेत गर्दछ ।

सूचीमा भएका सबै व्यक्तिले कुनै गलत काम गरेका थिए भनेर दाबी गर्न सकिँदैन । तर, एपस्टाइनजस्ता कुख्यात व्यक्तिले त्यस्तो सूची किन बनाए भन्ने आशंका उठेको छ ।

सूचीमा बेलायती राजकुमार एन्ड्रयु, अमेरिकाका पूर्व राष्ट्रपतिहरू बिल क्लिन्टन र डोनाल्ड ट्रम्प तथा गायक माइकल ज्याक्सनको समेत नाम भएको बताइएको छ ।

एपस्टाइनकी तत्कालीन सहयोगी घिसलेन म्याक्सबेल अहिले जेलमा छन् । उनीमाथि बाल यौन दुराचार र अवैध यौन धन्दाबाट अर्बौं कमाएको र यौन अपराध गरेको आरोप छ ।

वैज्ञानिक हकिङले ओर्जी पार्टीमा गएर के गरे, कुनै नराम्रो काम गरेका थिए कि थिएनन् प्रष्ट छैन । तर, उनी भर्जिन टापुस्थित एपस्टाइनको घरमा भएको एक ‘ओर्जी पार्टी’ मा गएका भने थिए ।

अन्य रिपोर्टअनुसार पनि यो पुष्टि हुन्छ कि सन् २००६ मा सेन्ट थोमसमा एक विज्ञान सम्मेलन थियो । हकिङ त्यस सम्मेलनमा उपस्थित थिए । यही यात्राको क्रममा उनी एपस्टाइनको घर गएका हुन सक्दछन् ।

हकिङलाई मोटर न्यूरोनको समस्या थियो । उनले दशकौं पक्षघात व्यहोरे र उनको जीवन ह्वीलचियरमा बाँधिएको थियो । त्यस्ता व्यक्तिलाई ओर्जी पार्टी जाने आवश्यकता किन पर्यो होला ?

हकिङको पहिलो विवाह सन् १९६० मा जेन वाइल्डसँग भएको थियो । उनका मित्र लियोनार्ड म्लोडिनोले लेखेको स्मरण ‘Stephen Hawking: A Memoir of Friendship and Physics’ मा उल्लेख भएअनुसार जेनका लागि हकिङ  ‘निस्क्रिय यौन साझेदार र यौनिक क्षमता नाजुक’ भएका व्यक्ति थिए ।

जेन यौनिक क्रियाकलापले हकिङ मर्ने पो हुन् कि भनेर डराउँथिन् । तर, जेन र स्टेफेनका तीन सन्तान भए । जेन र स्टेफेनकी छोरी लुसी हकिङ चर्चित लेखक तथा पत्रकार बन्न पुगिन्

हकिङको दोस्रो विवाह उनको हेरचाह गर्ने नर्स इलेन मेसनसँग भयो । सन् १९९५ देखि सन् २००६ सम्म उनीहरू दम्पती थिए । हकि्ङसलाई अर्की एक नर्सप्रति आशक्त पाएपछि मेसनले डिभोर्स गरेकी थिइन् ।

हकिङमाथि जीवनकालमा कुनै प्रकारको यौनाचरणसम्बन्धी आरोप वा मुद्दा लागेको थिएन । यहाँसम्म की डिभोर्स गरेका जेन र मेसनले पनि उनीप्रति करुणा राखेर कुरा गर्थे ।

जेन एक शिक्षिका तथा लेखिका थिइन् । जेनले दिएका बयानको आधारमा हकिङको बायोपिक बनाइएको छ, त्यसको नाम हो– द थ्योरी अफ इभ्रिथिङ (The Theory of Everything) हकिङ विज्ञान जगतका एक दुर्लभ व्यक्तित्व मानिन्छन् ।

उनी सैद्धान्तिक भौतिकशास्त्रका साँच्चै नै अद्धितीय नक्षत्र थिए ।  कुख्यात यौन तस्कर जेफ्री एपस्टाइनसँग उनको सम्बन्ध थियो भन्ने नयाँ जानकारीले स्वर्गीय भौतिकशास्त्रीको प्रतिष्ठामा कुनै आँच आउने देखिन्न । तर, त्यस्तो कुख्यात व्यक्तिसँग उनको सम्बन्ध किन र कसरी बन्यो ? यो भने रोचक जिज्ञासाको विषय हो ।

(साउथ चाइना मोर्निङ पोष्टको एक रिपोर्टमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved