आगामी डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्नेछौँ : प्रधानमन्त्री

नेपालभ्युज

आगामी डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्नेछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

आइतबार काठमाडौं उपत्यकाको सबैभन्दा ठुलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्ने गरी विद्युत् खपत वृद्धिसम्बन्धी कार्य योजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताए ।

विद्युत् खपतको महत्त्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले अहिले नेपालको ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको बताए ।

‘अहिले करिब ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्न सक्ने आधार तयार हुनु एउटा महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठुलो टर्निङ प्वाइन्ट पनि हो ।’


नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एसियाली विकास बैंकको आर्थिक सहयोगमा मर्स्याङ्दी—काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन निर्माण गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved