इलाम : मतान्तर झन् बढाउँदै सुहाङ, मिलन लिम्बूको २ हजार मत कट्यो

नेपालभ्युज

इलाम : मतान्तर झन् बढाउँदै सुहाङ, मिलन लिम्बूको २ हजार मत कट्यो

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार ३ सय २ मतान्तरले अगाडि रहेका छन् ।

नेम्वाङले १४ हजार ६ सय १३ सय मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ९ हजार ३ सय ११ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५ सय ७० मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा थेगिम र खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । तर, अहिले खड्काले मतान्तर बढाएका छन् ।

र, रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म २ हजार ५७ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म ३५ हजार ६ सय ११ सदर मतगणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved