टिभी राख्नका लागि पनि सही दिशा चाहिन्छ

नेपालभ्युज

टिभी राख्नका लागि पनि सही दिशा चाहिन्छ

एजेन्सी । अहिले हरेकको घरमा एउटा टिभी त अवश्य हुन्छ । सामान्यतया टेलिभिजन बैठकमा राखिन्छ । टिभी जुनसुकै कोठामा राखेपनि वास्तुअनुसार भने यसलाई राख्ने सही दिशा निर्धारण गरिएको छ । वास्तुअनुसार टिभीलाई गलत दिशामा राख्दा घरमा हानी हुने वा कंगाली आउने बताइएको छ । तपाईं पनि जान्नुहोस् वास्तुअनुसार टिभी राख्ने दिशाबारे–

लिविंग रुममा टिभी राख्नुभएको छ भने यसलाई दक्षिण पश्चिम कुनामा राख्नबाट बच्नुपर्छ । यसो गर्नाले टिभी छिटो खराब हुने सम्भावना पनि बढ्छ ।

टिभीलाई घरको दक्षिणपश्चिम दिशामा राख्दा आर्थिक हानी हुन सक्छ । यसबाहेक यो परिवारका सदस्यबीच दुरी पैदा गर्ने कारण पनि बन्न सक्ने वास्तुमा बताइएको छ ।

घरको उत्तर पूर्व दिशामा टिभी राख्नु पनि वास्तुअनुसार शुभ मानिँदैन । यो दिशामा टिभी राख्दा नकारात्मक ऊर्जा बढ्ने मान्यता छ ।

टिभीलाई घरको दक्षिण पूर्व दिशामा राख्नु सबैभन्दा सही मानिन्छ । यो दिशामा टिभी राख्दा घरका सदस्यहरुबीच पनि मायाप्रेम तथा सद्भाव रहने वास्तुशास्त्रीहरु बताउँछन् ।

घरको दक्षिणपूर्व दिशामा टिभी राख्दा सकारात्मक ऊर्जा बढ्छ । यो दिशा वास्तुअनुसार एकदमै सही दिशा मानिन्छ ।

यदी तपाईं बेडरुममा टिभी राख्न चाहनुहुन्छ भने वास्तुले त बेडरुममा टिभी नै नराख्ने सुझाव दिन्छ । तर यदी राख्नुभएको छ भने पनि टिभीलाई दक्षिणपूर्वको कुनामा राख्नुहोस् ।

वास्तुअनुसार टिभीको दिशा र टिभीलाई सफा राख्नु एकदमै महत्वपूर्ण मानिन्छ । त्यसैले टिभीमा धुलो तथा फोहोर जम्न नदिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved