एकपटक हाँसेको मात्र १० लाख ?

नेपालभ्युज

एकपटक हाँसेको मात्र १० लाख ?

एजेन्सी । कमेडी क्वीन अर्चना पूरन सिंह बलिउड तथा फिल्मी संसारमा विगत चार दशकदेखि छाइरहेकी छन् । अर्चना ‘द कपिल शर्मा शो’ मा जजको रुपमा देखिएकी हुन्छिन् । जसको काम हुन्छ हाँसिरहने ।

उनले सम्पूर्ण शो मा हाँस्ने र केही दुई चार शब्द मात्र बोल्ने गर्छिन् । तर, पनि उनले त्यति कामका लागि मोटो रकम लिन्छिन् । खबरअनुसार अर्चनाले कपिल शर्मासँग काम गर्नका लागि १० लाख रुपैयाँ लिने गरेकी छन् ।

उनको नेटवर्थ करीब २२० करोड भारतीय रुपैयाँ छ । अर्चनाले फिल्म, टेलिभिजन कार्यक्रम र विज्ञापनबाट एकदमै धेरै कमाई गर्छिन् । अर्चनाले बलिउडका धेरै फिल्ममा कलाकारको भूमिका निर्वाह गरेकी छन् ।

अर्चनाको डेब्यू फिल्म ‘निकाह’ सन् १९८२ मा रिलीज भएको थियो । त्यसपछि उनले धेरै फिल्ममा सकारात्मक तथा नकारात्मक दुवै खालको भूमिका निर्वाह गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved